सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

२०७७ असोज २१, ०६:२७ खबर संवाददाता

धनगढी–दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरी कार्यालय कैलालीले जिल्लाका पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराका अनुसार धनगढीको त्रिनगर भन्सार र बस पार्क, टीकापुर, लम्की र अत्तरिया गरी पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

उनले यात्रुहरुको चापलाई व्यवस्थित गर्न, सिमा नाकाहरुमा यात्रुहरु माथि हुने दुव्यर्वहार कम गर्न, भाडा असुली र सार्वजनिक यातायातका सवारीहरुमा यात्रुहरुलाई हुन सक्ने हैरानी लगायतका समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको बताए।
 

कमेन्ट लोड गर्नुस