सुदूर नेपाललाई विश्वसँग जोड्दै

माया र २१औँ शताब्दीको समाज

२०७७ असोज २०, ०६:१० खबर संवाददाता

-प्रकाश विसी

माया भनेको चिज कसरी हुन्छ? कहिले हुन्छ? कोसँग हुन्छ? कसैलाई पनि थाहा हुँदैन जब एक अर्काको भावना मिल्छ तब माया हुन्छ, प्रेम हुन्छ। तर, हाम्रो समाजमा माया गर्नको लागि मनभन्दा पनि पहिले जात मिल्नुपर्ने अवस्था छ। 

यदि हाम्रो मन मात्र मिल्यो भने त माया बीचमा नै टुटिहाल्छ। जसरी हुन्छ सिंगो समाज नै त्यो मायाको विरोध गर्न सुरु गरिहाल्छ। जति मायाको परिभाषा बुझ्दै गयो त्यति यो मायाको गहिराइले हामीलाई डुबाउँदै जान्छ। मायाले नै कतिको जीवन एकदमै राम्रो बनाइदिएको छ। तर, कतिको जिन्दगी नै बर्बाद पारिदिएको छ। 

यतिसम्म कि उनीहरु आत्महत्यासम्म गर्न बाध्य छन्। कोही परिवारको कारण होस् त कोही जातका कारण र कोहि धनसम्पतिका कारण आत्महत्या गर्न पुगेका छन्। विचराहरु माया पाएपछि संसार नै जितेको ठान्छन्। तर, फेरि यसबाट धोका खाएपछि संसारबाटै हारेको महसुस गर्छन्। अनि आफ्नो जिन्दगी नै बर्बाद पार्छन्। तर माया हार भयो भन्दै जीवन नै बबार्द गर्नुहुँदैन जीवन भनेको संघर्ष हो। र, संघर्ष गरिरहनुपर्छ।

समाज
हुन त यो २१औँ शताब्दी हो हामी सबैलाई थाहा छ, हामीले छुवाछुत भेदभाव गर्नुहुदैन भनेर। तर झन २१औँ शताब्दीमा जातिय भेदभाव र छुवाछुत बढी हुँदैछ। कसरी भन्दा हामीलाई अवगत नै छ यहि वर्षको गत जेठमा रुकुम पश्चिममा भएको  नरसंहार जसमा नवराज विकले आफ्नो मायाको सट्टामा मृत्यु उपहार पाएका थिए। अनि तत्कालै बझाङमा भएको १२ वर्षीया सम्झना विकको हत्या काण्ड। यस्ता घटनाहरुले नै भन्छ कि २१औं शताब्दीमा हाम्रो समाज कहाँ गइरहेको छ? 

आज हाम्रो समाजले यस्ता कति प्रेमहरुलाई अलग गरिसक्यो होला त्यो प्रेम गर्नेलाई मात्र थाहा हुन्छ। तर आखिर कति बेलासम्म समाजका भनौदाहरुले यस्ता चोखो माया गर्नेहरुलाई छुटाउँछन्? 

नेपालको संविधानले नै छुवाछुत र जातिय विभेदलाई दण्डनीय बनाएको छ। जातीय विभेद कसुर सजाय ऐन–२०६८ ले पनि त्यसलाई निषेध गरेको छ। तर कानुन आउनु मात्रै ठूलो कुरा होइन। त्यसको कार्यान्वयनको पाटो चाहिँ कमजोर छ। कानुन बनेका कारण संवैधानिक निकायमा दलितहरूको प्रतिनिधित्व भएको छ। त्यो उपलब्धि हो। तर जातीय छुवाछुतले जरो गाडेर बसेको छ।

यो जातिय विभेदले थिचिएको र किचिएको यो समाजमा कहिले होला माया प्रेम गरेकाहरुको माया प्रेम सफल? कथित ठूला जात भनाउदाहरुको शोषणले चोखो माया गरिरहेका सयौँ प्रेमी मनलाई आज अगल–अलग बनाइदिएको छ। कति बस्छौँ जातको खोल ओढेर ए समाजका भनाउदाहरु !

कमेन्ट लोड गर्नुस