सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका विद्यालयलाई प्याब्सनको धम्की : पाठ्यपुस्तकमा सिण्डिकेट नमान्नेलाई जरिवाना

२०७७ असोज २०, ०६:२० खबर संवाददाता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धनगढीले निजी विद्यालयहरुलाई धम्कीपूर्ण पत्र पठाएको छ। प्याब्सन धनगढीले सबै निजी विद्यालयमा अनिवार्य रुपमा ओसन पब्लिकेशनको कम्प्युटर विषय लगाउन उर्दी जारी गरेकोमा उक्त निर्णय कार्यान्वयन नगेका विद्यालयलाई  धम्कीपूर्ण पत्र पठाइएको हो। 

प्याब्सनको निर्णय नमान्ने विद्यालयलाई तीन दिनभित्र १० हजारदेखि ४० हजार रुपैयासम्म जरिवाना बुझाउन प्याब्सनले पत्र पठाएको हो। निर्णय नमान्ने निजी स्कुललाई अनिवार्य रुपमा जरिबाना रकम धनगढीस्थित नवजीवनको अपरेटिभ्समा जम्मा गरेर जरिबाना रकम तिरेको पत्र प्याब्सन कैलालीमा बुझाउन भनिएको छ।

प्याब्सन धनगढीले अघिल्लो वर्ष आयोजना गरेको विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा ओसन पब्लिकेसनले प्रायोजन गरे वापत स्कुलहरुमा कम्प्युटर किताब लगाउने सहमति गरेको थियो। 

प्याब्सन धनगढीका अध्यक्ष पदमवहादुर सावदले भने संस्थाको निर्णय पालन नगर्नेलाई कारवाही गर्न पत्र पठाएको जानकारी दिए। उनका अनुसार ९ वटा विद्यालयले सो पुस्तक लगाउन अटेरी गरेका थिए।

जसमध्ये ७ वटा विद्यालयले लगाउने सहमति जनाइसकेका छन्। दुई वटा विद्यालयले भने किताब लगाउन मानेका छैनन्। 
 

कमेन्ट लोड गर्नुस