रामारोशन पर्यटन क्षेत्र विकास समितिको अध्यक्षमा रावल नियुक्त
अछाम: रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिको चक्र रावल नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आईतबार समितिको संस्थापक अध्यक्षमा रावललाई नियुक्त गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामका सचिवालय सदस्य समेत रहेका रावलले अध्यक्षको जिम्मा आफुले पाएकाले हरेक चुनौतीलाई अवसरमा बदल्ने बताएका छन्। साथै उनले रामारोशन क्षेत्रका ऐतिहासिक, धार्मिक, सास्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धनको जिम्मा आफ्नो समितिमा आएकाले सबैलाई साथ दिन आग्रह गरेका छन्।
बाढी पहिरो र कोरोना भाइरसको संक्रमण तथा जोखिमका कारण केहि समस्या भएकाले रामारोशनको प्रचारप्रसार तथा आन्तरिक पर्यटकलाई बढाव दिने कार्य चाडै सुरु हुने रावले बताए।
समितिको अन्य सदस्य पशुपती कुवँर, बिर्ख रोकाया, कमल साउद, अमर साउद रहेका छन्। त्यसैगरी कार्यकारी अधिकृतमा गंगा कुवँर बुढा नियुक्त भएकी छन्।