सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटो पत्रकार महासंघ कैलालीको तेस्रो साधारण सभा उद्वघाटन

२०७७ असोज १७, ०१:२२ खबर संवाददाता

धनगढी : नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको तेस्रो वार्षीक साधारण सभा कैलालीको लम्कीमा सुरु भएको छ।  सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश  बहादुर शाहले कार्यक्रमको फोटो खिचेर उद्घाटन गरेका हुन। 

कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश पत्रकार महासंघका महासचिव योगेश रावल, होटल व्यवसायी संघका केन्द्रिय महासचिव विरमन्जन बटाला, फोटो पत्रकार महासंघका प्रदेश अध्यक्ष विवेक नागरी लगायतका भव्य उपस्थितीमा कार्यक्रम संचालन भईरहेको महासंघका सचिव दिनेश विष्टले जानकारी दिए। 

कार्यक्रम कोभिड–१९ को मापदण्ड अनुसार सामाजिक दुरी कायम गरी संचालन भइरहेको उनले जानकारी दिए। कार्यक्रम शनिबार १२ बजेदेखि संचालन भइरहेको उनले बताए।

 

 

कमेन्ट लोड गर्नुस