सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कार्यरत दुई जना सशस्त्र प्रहरीमाथि जबरजस्तीकरणी गरेको आरोप, जाहेरी दर्ता

२०७७ असोज १५, ०१:१४ खबर संवाददाता

धनगढीः कैलालीमा कार्यरत दुई जना सशस्त्र प्रहरी जनाव विरुद्ध जबरजस्तीकरणी गरेको आरोप लागेको छ।

जिल्लाको श्रीलंका पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवानले जबरजस्तीकरण प्रयास गर्दै यौन दुर्व्यवहार गरेको भन्दै ईंलाका प्रहरी कार्यालय राजापुर बर्दियामा जाहेरी दर्ता गरिएको छ।

 गत भदौँ १५ गते कर्णाली नदीमा माछा मारेर फर्किने क्रममा १९ वर्षीया विवाहित युवती र १४ वर्षीया बालिकामाथि दुवै जवानले जबरजस्तीकरणी उद्योग गरेको दावी सहित जाहेरी दर्ता भएको बताउँदै घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस