सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको कुँणामा सशस्त्रको बिओपी स्थापना

२०७७ असोज १४, ०३:०२ खबर संवाददाता

डडेल्धुरा: भारतसंग सीमा जोडिएको डडेल्धुराको परशुराम नगरपालिका–६ को कुँणामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना भएको छ। 

मंगलवार सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकी र परशुराम नगरपालिका–६ का अध्यक्ष खगेन्द्रबहादुर सिंहले संयुक्त रुपमा बिओपीको उद्घाटन गरका छन्। 

परशुराम नगरपालिकामा स्थापना भएको सशस्त्र प्रहरीको यो चौथो बिओपी हो। यसअघि उक्त नगरपालिकाको वडा नम्बर ५ परिगाउँ, ४ शीर्ष, ७ सादनीमा बिओपी स्थापना भइसकेका छन्। सीमा सुरक्षा र सीमा स्तम्भहरुको संरक्षण, सीमा अपराध, चोरी तस्करी नियन्त्रणलगायतका काम गर्न बिओपी स्थापना गरिएका हुन्।

भारतसंग सीमा जोडिएको परशुराम नगरपालिकाकाका उक्त सीमा नाकाहरुबाट चोरी तस्करीका घटना बढेका छन्। महाकाली नदीबाट ट्यूब र डुंगामार्फत अबैध समानहरु आयात हुने क्रम बढेको छ। स्थानीय स्रोतका अनुसार खासगरी परिगाउँ नाका भएर अवैध समान भित्रिने गरेको छ।

बिओपीको स्थापना भएपछि तस्करी नियन्त्रण हुनेमा स्थानीय विश्वस्थ छन्। 
 

कमेन्ट लोड गर्नुस