सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा रेबिज बिरुद्धको दिवस सम्पन्न

२०७७ असोज १२, ०६:१६

टेकराज अवस्थी, डडेल्धुरा: रेबिज बिरुद्धको निशुल्क खोप सेवा दिदै डडेल्धुरामा विश्व रेबिज दिवस मनाइएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजनामा “सबै मिलेर खोप लगाई प्राणघातक रोग रेबिजलाई निर्मूल पारौं” भन्ने नाराका साथ १४ औं विश्व रेबिज दिवस सप्ताहव्यापी रुपमा सोमवार समापन कार्यक्रम गर्दै मनाइएको हो।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आथित्यतामा रेबिज रोगको इतिहास, जैविक र संक्रमण प्रकृया, बैज्ञानिक तथ्यहरु, लगायत जनस्वास्थ्यका बिभिन्न पक्षहरुमा जानकारी सहित दिइएको कार्यालयका निमित्त कार्यालय प्रमुख तथा प्रशासन अधिकृत श्याम प्रसाद ओझाले जानकारी दिएका छन्। 

सप्ताहरुपी कार्यक्रममा १२५ कुकुरलाई रेबिज बिरुद्ध खोप लगाइएको जानकारी दिदै अधिकृत ओझाले रेबिज रोग कुकुर बिरालो बाहेक चमेरोबाट पनि सर्ने तथ्यहरु रहेकोले रोग बिरुद्ध खोप लगाए्र मात्र नभई अन्य सुरक्षात्मक उपायहरु अबलम्बन गर्न आग्रह गरेका छन्। 

अमेरिकामा पहिलो पल्ट देखिएको रेबिज रोग विश्वका सबै देशहरुमा चुनौतीको विषय बन्दै गईरहेकोले रेबिज रोग बिरुद्ध खोप तथा जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न प्रत्येक वर्ष दिवस मनाईने गरेको भएपनि घर पालुवा तथा जंगली जनाबरहरुबाट पनि सचेत रहन प्रमुख अथिति तथा प्रमुख जिल्ला अधिकारी बास्तोलाले नागरिक सुसूचित एवं सुरक्षित रहन आवश्यक रहेको धारणा राखे। 

६० प्रतिशत पशुका रोगहरु मान्छेलाई सर्ने, ७५ प्रतिशत रोगका श्रोत पशु रहेको र व्यापार तथा राष्ट्रिय अन्र्तराष्ट्रिय यात्राबाट सर्ने भएकोले नेपालमा रहेका ५९ प्रकारका जुनोटिक रोगहरु खतरनाक बिषाणुबाट सर्ने संभावना रहेकोले यस्ता रोगहरु निम्तिने पशुपालनबाट आम सर्वसाधारण सचेत रहनु पर्ने औल्याइएको छ।   

सप्ताहरुपी कार्यक्रमको समापन दिनमा औपचारिक कार्यक्रम गर्दै कार्यालयले घरपालुवा जनाबर, रेबिज रोग सार्न सक्ने जनावर, रोगको अवस्था र लक्षणहरु तथा यस रोगका बारेमा संबेदनशिल भएर जानकारी राख्नुपर्ने भन्दै जोखिमपूर्ण रेबिज रोग सम्बन्धि कुनै समस्या आए यथाशिघ्र भेटेरिनरी अस्पतालहरुमा सम्पर्क राख्न पनि अनुरोध गरिएको छ।     

कमेन्ट लोड गर्नुस