बाजुरामा भालुको आक्रमणबाट युवक गम्भीर
२०७७ असोज १२, १०:१४
बाजुरा : बाजुरामा भालुको आक्रमणबाट एकजना गम्भीर घाईते भएका छन्।
जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० सिगाडामा भालुको आक्रमणबाट ३६ वर्षीय युवक मने साउँद घाईते भएका हुन्।
घर नजिकै भैसी खर्कमा आज विहान शौचालय गर्न जाने क्रममा भालुले आक्रमण गरेपछि घाईते साउँदको अवस्था गम्भीर रहेको छ।
उनको अनुहारमामा चोट लागेको पारिवारिक स्रोतले जनएको छ। साउँदलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको छ।
कमेन्ट लोड गर्नुस