सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्झना कामी हत्याका आरोपितमाथि बलात्कारको अर्को मुद्दा

२०७७ असोज ११, ०६:३० खबर संवाददाता

प्रताप ओली, बझाङ: बझाङको मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या घटनाका आरोपित राजेन्द्र बोहरा हिरासतमै रहेका बेला फेरि अर्का बलात्कारको घटना दर्ता भएको छ। 

आरोपित बोहरामाथि सीताकै आफन्त नाम परिवर्तन १३ वर्षीया सरिता कामीले जाहेरी दिएकी हुन्। उनले आफूमाथि बोहराले गत २९ साउन बेलुकी जबरर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिएकी हुन्। 

बालिका सम्झना कामी को ७ असोज बुधबार साँझ बलात्कारपछि हत्या भएको थियो। शव हत्या भएको अवस्थामा भेटेपछि प्रहरीले शव र खिकालाकै शंकास्पद व्यक्ति राजेन्द्र बोहरालाई ८ असोजमा चैनपुर ल्याएर अनुसन्धान थालेको थियो। 

हत्या गरिएकी बालिकाका बाजेले ८ असोजमै जिल्ला प्रहरी कार्यालयमा कार्यालयमा जबरर्जस्तीकरणी गरी कर्तव्य ज्यान मुद्दा शीर्षकमा किटानी जाहेरी दरखास्त दिएका थिए।

घटनामा संलग्न रहेको आशंकामा बझाङ जिल्ला अदालतबाट आरोपित बोहरालाई हिरासतमा राख्न म्याद थप अनुमति पनि दिएकाले घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस