सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा थप २४ जनामा कोरोना पुष्टि

२०७७ असोज ११, ०३:४६ खबर संवाददाता

धनगढीः बझाङमा गरिएको परीक्षणमा आज थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका २४ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले मष्टा पाँच महिला र १५ पुरुष गरी २० जना, खप्तडछान्ना गाउँपालिकाका दुई पुरुष, तलकोट गाउँपालिकाका एक पुरुष र जिल्ला प्रहरी कार्यालयका एक प्रहरीमा संक्रमण पुष्टि भएको बताए।

प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ५९ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस