सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ धनगढी खप्तडद्वारा औषधि तथा स्वास्थ्य सामग्री सहयोग

२०७७ असोज ११, ०१:२६ खबर संवाददाता

धनगढी: लायन्स क्लब अफ धनगढी खप्तडले कञ्चनपुरको आई केयर यूलाई भेटेनरी औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ। सडकमा छाडिएका पशुहरुको उपचार गर्दै आइरहेको आइ केयर यूलाई करिब २० हजार मुल्य बराबरको औषधि तथा स्वास्थ्य सामग्री गरिएको हो। 

आई केयर यूकी अध्यक्ष मञ्जु शाहीलाई पशु तथा गाईहरुको उपचारका लागि करिब २० हजार मुल्य बराबरको औषधी तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष हरी धामीले जानकारी दिए।

उक्त प्रदान गरिएको स्वास्थ्य सामग्राीले पशुहरुको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको उनले बताए। 

 

कमेन्ट लोड गर्नुस