कैलालीमा प्रशासनले वडा अनुसार सेवा दिने, हेर्नुस् यस्तो छ सूची
धनगढीः कैलाली प्रशासनले स्थानीय तहलाई बार अनुसार सेवा दिने प्रणालीलाई थप व्यवस्थित बनाएको छ। जिल्ला प्रशासन कार्यालयले कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बार अनुसार सेवा दिने प्रणालीलाई थप व्यवस्थित बनाएको जनाएको छ।
कार्यालयले नागरिकता, नावालक परिचयपत्र र संघसंस्था सम्बन्धिका सेवा स्थानीय तह र वडाका सेवाग्राहीलाई छुट्टाछुट्टै बार प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। आईतबार गोदावरी नगरपालिका वडा नम्बर १ देखि ५ सम्मका वडाका सेवाग्राही र चुरे गाउँपालिकाका सबै वडाका सेवाग्राहीलाई सेवा दिने व्यवस्था गरेको छ।
यस्तै सोमबार कैलारी गाउँपालिका वडा नम्बर १ देखि ५ सम्मका सेवाग्राही र चुरे गाउँपालिकाकका सबै वडा, मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर १ देखि ८ सम्म र चुरे गाउँपालिकाका सबै वडा, बुधबार गोदावरी नगरपालिका वडा नम्बर ६ देखि १२ सम्मका वडाका सेवाग्राही र चुरे गाउँपालिकाका सेवाग्राहीले सेवा लिन पाउनेछन्।
बीहिबार कैलारी गाउँपालिका वडा नम्बर ६ देखि ९ सम्म र चुरे गाउँपालिकाका सेवाग्राही तथा शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ९ देखि १९ सम्मका सेवाग्राही र चुरे गाउँपालिकाका सेवाग्राहीलाई मात्र सेवा प्रदान गरिने जनाएको छ।
यस बाहेकका अन्य राहादानी, हातहतियार दर्ता, नविकरण, पत्रपत्रिका, प्रमाणित तथा सिफारिस सम्बन्धीका सेवा नियमित कार्यालय समयमा उपलब्ध गराईनेछ।
स्थानीय प्रशासनले तोकिएको बार मात्र सम्बन्धीत सेवाग्राहीले कार्यालयमा प्रवेश गर्न पाउने जनाएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न अनुरोध समेत गरिएको छ।