दार्चुलामा एक जना मृत अवस्थामा फेला
दार्चुलाः दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको ब्यास गाउँपालिका–६ बडुगाउँ बस्ने ५८ वर्षीय सुनादत्त बडु मृत अवस्थामा फेला परेका हुन्। बडु घर नजिकै गोठालो गएकोमा बेलुकासम्म घर नफर्केपछि खोततलास गर्ने क्रममा घरदेखि १ कि.मी. टाढा वुधबार राति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।