सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सशस्त्र प्रहरीद्धारा साढे ७ लाख बढिको अवैध सामान बरामद

२०७७ असोज ११, १०:४४ खबर संवाददाता

धनगढीः सशस्त्र प्रहरीले धनगढीबाट साढे ७ लाख बढिको अवैध सामान बरामद गरेको छ।  

सशस्त्र प्रहरी बल नेपाल बिओपी बंगराकटानको गस्ती टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर ९ को गौरी कटान ईलाकाबाट सात लाख ६० हजार आठ सय मूल्य बराबरको अवैध सामान बरामद गरिएको जनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीले धनगढीबाट अवैध रुपमा ल्याउँदै गरेका लेडिज लेहगां, सुटपिस, कुर्ती र साडी लगायतका लेडिज कपडा बरामद गरिएको जनाएको छ।

यस्तै सशस्त्र प्रहरी बल नम्बर ३४ कै मातहतको बिओपीबाट खटिएको टोलीले कैलारी गाउँपालिका वडा नम्बर ३ को ग्रोबेला घाटबाट थप ६४ हजार ६ सय ५० रुपैँया बराबरको भन्सार छलीको सामान पनि बरामद गरिएको छ।

भन्सार छलेर ल्याउँदै गरेको साईकलका विभिन्न पार्टस तथा सुर्तीजन्य सामाग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाएको छ। 
 

कमेन्ट लोड गर्नुस