धनगढीमा मालपोत कार्यालयमा लेखापढी गर्ने तीन जनालाई कोरोना पुष्टि
धनगढीः धनगढीमा मालपोत कार्यालयमा लेखापढी गर्ने तीन जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
भूमीसुधार तथा मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा तीन जना लेखापढी व्यवसाय गर्ने व्यक्तिलाई पनि कोरोना पुष्टि भएको हो।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले संक्रमण पुष्टि भएका उनीहरुलाई सुरक्षित रुपमा बस्न आग्रह गरिएको जानकारी दिए।