सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक लाख बढीको म्याद गुज्रेका सामग्री बरामद

२०७७ असोज १०, ०५:३५ खबर संवाददाता

बैतडी: बैतडीको सुर्नया गाउँपालिकाका विभिन्न बजारमा अनुगमन गर्दा १ लाख बढीका बराबरका म्याद सकिएका सामग्री बरामद गरिएको छ।  

संयुक्त बजार अनुगमन समितिले गाउँपालिकाका सबै बजार क्षेत्रमा अनुगमन गर्दा १ लाख १ हजार ६ सय ९० रुपैयाँ बराबरका म्याद सकिएका सामग्री बरामद गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए।

अनुगमनका क्रममा बियर, पिठो, खानेतेल, चाउचाउ, बिस्कुट, नम्कीन लगायतका सामग्री बढी मात्रामा म्याद नाघेका पाइएका उनले बताए। 

यस्तै प्रमुख लेखकले जिल्लाका १० ओटै स्थानीय तहका मुख्य बजारमा अनुगमन गर्न कार्यसूची रहेको समेत जानकारी दिए। 

कमेन्ट लोड गर्नुस