सुदूर नेपाललाई विश्वसँग जोड्दै

कंगोमा अधिकृतबाट नेपाली सैनिक कुटिए

२०७७ असोज १०, ०३:३९ खबर संवाददाता

काठमाडौं: संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएका सैनिकमाथि अधिकृतहरुबाट कुटपिट भएको छ। कंगो मिसनमा खटिएका नेपाली सेनाका जवान सहसेनानीबाट निर्घात कुटिएका हुन्। कुटिएकामध्ये एक सेनाको शरीरमा गम्भीर नीलडाम छ।

सैनिक जवान नवराज माझीलाई तीन अधिकृतले कुटपिट गरेका थिए। कुटपिटमा इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल संलग्न भएको आरोप छ।

कुटपिटबारे नेपाली सेनाले छानविन थालेको छ। सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति कोर्ट अफ इन्वायरी सुरु भएको जङ्गी अड्डाले जनाएको छ।

कमेन्ट लोड गर्नुस