लायन्स क्लब अफ धनगढी समृद्धिद्धारा गौरीफन्टा नाकामा सरसफाई
२०७७ असोज १०, ११:३०
धनगढीः लायन्स क्लब अफ धनगढी समृद्धिले गौरीफन्टा नाकामा सरसफाई गरेको छ।
क्लबले नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागितामा नाकामा सरसफाई गरिएको जनाएको छ।
सीमा नाकामा डस्टबिन नराखिएका कारण जथाभावी फोहोर गर्ने क्रम बढेको भन्दै त्यसको व्यवस्थापन पनि गरिने भएको छ।
क्लबले सीमा नाकामा डस्टबिन राखेर फोहोरमैला व्यवस्थापनमा सहयोग गर्न पनि अपिल गरेको छ।
कमेन्ट लोड गर्नुस