सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डा. केसीको जीवन रक्षाको माग गर्दै आज पनि प्रदर्शन

२०७७ असोज ९, ०६:५४ खबर संवाददाता

धनगढीः धनगढीमा डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज पनि प्रदर्शन गरिएको छ। डाक्टर केसीको समर्थनमा आज पनि धनगढी चौराहमा प्रदर्शन गरिएको हो।

नागरिक समाज कैलाली, पब्लिक क्याम्पस प्राध्यापक संघ कैलाली बहुमुखी क्यास, स्वस्र्फुत युवा समूह लगायतका संघसंस्थाको अगुवाईमा चौराहमा केसीका पक्षमा प्रर्दशन गरिएको छ।

प्रदर्शनमा उत्रिएका समर्थकहरुले डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने, सबै मागहरु पूरा गर्नुपर्ने लगायतका प्लेकार्डहरु बोकेका थिए।

डाक्टर गोविन्द केसी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९औं अनसन बसेका थिए। तर स्वास्थ्यमा समस्या भएपछि उनलाई त्यहाँबाट काठमाडौं लगिएको छ।

स्वास्थ्यमा समस्या देखिन थालेपछि डाक्टर केसीलाई प्रहरीले बलपूर्वक ट्रमा सेन्टर पु¥याएको थियो। 

 

 

 

कमेन्ट लोड गर्नुस