सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको गुल्म सारिदै, आजै गृहमन्त्रीले भवनको शिलान्यास गर्ने

२०७७ असोज ९, १२:२९ खबर संवाददाता

धनगढीः दार्चुलाको छाङरुमा सशसत्र प्रहरीको गुल्म स्थापना गरिने भएको छ। गुल्मको भवनको शिलान्यासका लागि गृहमन्त्री रामबहादुर थापा आज दार्चुला आउने भएका छन्।

उनले आजै गुल्म भवनको शिलान्यास गर्ने स्थानीय प्रशासनले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० को भवन शिलान्यासका लागि गृहमन्त्री थापा सहितको टोली दार्चुला आउँदैछ।

गृहमन्त्रीसँगै सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्ना, लगायत सम्मीलित  टोली दार्चुला आउन लागेको हो।

सरकारले छाङरुमा सशसत्र प्रहरी गुल्म स्थापना गर्न १० करोड बजेट छुट्याएको थियो।

गत २९ असारमा बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म व्यास गाउँपालिका वडा नम्बर १ को छाङरुस्थित गागामा सार्ने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम भवनको शिलान्यास गरिन लागेको हो। गृहमन्त्री थापाले गुल्मको शिलान्यास गर्दै छाङरु क्षेत्रको स्थलगत अनुगमन समेत गर्ने बताईएको छ। 

कमेन्ट लोड गर्नुस