आर्थिक अभाव हुँदा अछामका प्रकाशको उपचारमा समस्या
धनगढी: अछामका प्रकाश साउदको उपचारका लागि आर्थिक अभाव भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–४ कुस्कोट राफाका साउदको उपचारको लागि आर्थिक अभाव हुँदा परिवारले सबैसँग सहयोगको अपिल गरेका हुन्।
स्थानीय भलिबल खेलाडीसमेत रहेका उनको फोक्सोमा भएको गम्भीर समस्याका कारण उपचारका लागि धनगढी ल्याइएको थियो। तर धनगढीमा पनि उपचार सम्भव नभएपछि साउदलाई थप उपचारका लागि भारतको लखनउ लगिएको छ।
उनी अहिले लखनउस्थित राजा मेडिकलमा उपचारत छन्। उनको उपचारका लागि करिब दस लाख आवश्यक परेको र आफूसँग आर्थिक अवाभ भएकाले प्रकाशक आमा खन्टी साउदले सहयोगको लागि सबैलाई आग्रह गरेकी छन्।
सहयोगका लागि खन्टी देवी साउदको नाममा मेगा बैंकक लिमिटेड साँफेवगर शाखामा रहेको खाता नम्बर ०३०००५१०४३०९८ मा रकम जम्मा गर्न सकिने उनले बताइन। उनले केहि बुझ्न परे ९८४८६७८२०४, ८५४४७४५७२३ मा सम्पर्क गर्न समेत आग्रह गरेकाी छन्।