सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ घट्यो

२०७७ असोज ८, ११:१५ रासस

आज पनि सुनचाँदीको भाउ घटेको छ।

आज सुनको भाउ एक हजार २ सय रुपैयाँ घटेर तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार पनि सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो।

यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ। चाँदी आज तोलाको एक हजार एक सय २० रुपैयाँमा झरेको छ।
 

कमेन्ट लोड गर्नुस