अखिल(क्रान्तिकारी) कैलालीद्वारा रक्तदान कार्यक्रम
धनगढी: अखिल (क्रान्तिकारी) कैलालीले धनगढीस्थित ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोना भाइरस(कोभिड–१९)को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिने बिरामीलाई समस्या भइरहेका बेला जिल्ला समितिले रक्तदान कार्यक्रम गरेको जनाएको हो।
उक्त रक्तदान कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिह, नेपाल कम्युनिस्ट पार्टी धनगढीका नगर इन्चार्ज अनमोल, संगठनको जिल्ला अध्यक्ष सुबास किरण जोशी, युवा संगठन नेपाल कैलालीका अध्यक्ष बिष्णु देवकोटा, पार्टी नेता सरोज, संगठनका जिल्ला सचीव महेश पातली लगायतले रक्तदान गरेका थिए।
अखिल क्रान्तिकारीले देशव्यापी रक्तदान कार्यक्रम गरिरहेको जिल्ला अध्यक्ष सुबास किरण जोशीले जानकारी दिए। सरकारले पार्टीका नेता र संगठनका नेतालाई गिरफतार गर्ने, नभएका आरोप लगाएर कारागार चलान गरिरहेपनि आफ्नो संगठनले मानविय धर्म कहिल्यै नछाड्ने उनले बताए।