सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका तीन अनाथ बालबालिकालाई सहयोग

२०७७ असोज ७, ०४:४५ खबर संवाददाता

अछाम: अछामका तीन अनाथ बालबालिकालाई सहयोग हस्तान्तरण गरिएको छ। आमाबुवा दुवैको मृत्यु भएपछि बिचल्लीमा परेका मंगलसेन नगरपालिका–३ का तीन बालबालिकालाई सहयोग रकम हस्तान्तरण गरिएको हो।  

मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले ५ हजार र प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले १ हजार पाँच सय तथा नगरपालिकाबाट तत्कालका लागि ५ हजार गरी जम्मा ११ हजार ५ सय रकम हस्तान्तरण गरेका हुन।  

बिचल्लीमा परेका अनाथ बालवालिकालाई नगरपालिकाबाट तत्कालका लागि राहत स्वरुप सहयोग उपलब्ध गराईएको र आगामी कार्यपालिका बैठकमार्फत थप सहयोगका लागि पहल गरिने नगरप्रमुख बोहराले बताए। 

क्षयरोगका कारण बुवा नरबहादुर बिष्टको मृत्युु भएको केही समयमै आमा सरस्वती बिष्टको पनि ब्लड क्यान्सरका कारण मृत्युु भएपछि ३ जना बालबालिकाको विचल्ली भएको थियो। 

१५ वर्षकी रचना बिष्ट, १० वर्षकी रेजीना बिष्ट र ८ वर्षको समीर बिष्ट बुवाआमाको मृत्युु भएपछि काकाकाकी भिमबहादुर बिष्ट र कमला बिष्टको सहारामा बसिरहेका स्थानीय शेरबहादुर बिष्टले बताए।

कमेन्ट लोड गर्नुस