सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीका थप ८ जनामा कोरोना पुष्टि

२०७७ असोज ७, ०४:०१ खबर संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बुधवार थप ८ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पताल सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार चार पुरुष र चार महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै आज धनगढीका २६, भजनीका एक र कञ्चनपुरको कृष्णपुरका एक जनामा पनि कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ८ जना र धनगढी उप–भमहानगरपालिका वडा नम्वर १३ का ८ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै धनगढीकै वडा नम्वर १, ३ र ५ का दुई÷दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस