सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ महिना कैलाली बसेका स्विजरल्याण्डका साइकल यात्रीको बिदाइ

२०७७ असोज ७, ०३:२८ खबर संवाददाता

धनगढी– ६ महिना कैलाली बसेका स्विजरल्याण्डका एक जना साइकल यात्रीको बिदाइ गरिएको छ। विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेलीको आज बिदाइ गरिएको हो।

उनलाई ६ महिनासम्म गोदावरी नगरपालिका वडा नम्वर ८ मजगाउँका स्थानीय तथा साइक्लिस्ट भरत शाहले आफ्नो घरमा राखेका थिए।

कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरेका उनी लकडाउनका कारण चैत १ गतेदेखि शाहकै घरमा बस्दै आएका थिए।

शाहले उनको आज बिदाइ गरिएको र काठमाडौँ पठाइएको जानकारी दिए। एक साता काठमाडौँ बसेर उनी स्वदेश फर्किने छन्। त्यसको केहि समयपछि उनको नेपालबाटै विश्व साइकल यात्रालाई अघि बढाउने योजना रहेको शाहले जानकारी दिए।

कमेन्ट लोड गर्नुस