सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाया नेपालद्वारा मानव सेवा आश्रमलाई सहयोग

२०७७ असोज ७, १२:४५ खबर संवाददाता

धनगढी– ४१ औँ सामाजिक सेवा दिवशको अवसरमा फाया नेपालले धनगढीस्थित मानव सेवा आश्रमलाई सहयोग गरेको छ।

आश्रमको सेवालाई थप सहजता प्रदान गर्न निमित्त विभिन्न सरसफाई सामग्रीहरु सहयोग गरिएको हो।

आश्रमका अनुसार ३८ थान ब्रस, ३८ थान नुहाउने साबुन, ३८ थान लुगा धुने साबुन, ३८ थान नङ कटर, ५/५ थान वाल्टिन र जग, एक थान त्रिपाल फाया नेपालले हस्तान्तरण गरेको हो।

कमेन्ट लोड गर्नुस