सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिस्टर आरजेको ‘नरिसाउन होइ’ लाई १८ घण्टामा ४ लाख भ्यूज, २५ नम्वर ट्रेन्डिङमा

२०७७ असोज ७, १०:२६ खबर संवाददाता

धनगढी– गायक तथा संगीतकार राजेन्द्र भाट (मिस्टर आजे) र इश्वरी बरालको आवाजको रहेको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार दिउसो ४ बजे रिलिज भएको ‘नरिसाउन होइ’ बोलको गीत २४ घण्टा नहुँदै युवट्युवको ट्रेन्डिङमा पर्न सफल छ।

रिलिज भएको १८ घण्टामै यो गीत ट्रेन्डिङ नम्बर २५ मा उक्लिएको छ। झण्डै चार लाख पटक उक्त गीत हेरिएको छ। 

गीतकार सुरज गैह्रे विवशको शब्द रहेको गीतमा राजेन्द्रले नै संगीत दिएका छन्। गीतमा नायक पल शाह, नायिका वर्षा शिवाकोटी, डान्सर सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।

भिडियोका निर्देशक सान थापा हुन्। राजिव समरले भिडियोको कोरियोग्राफी गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस