सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ तोलामा १७ सय रुपैयाँ घट्यो

२०७७ असोज ६, १२:११ खबर संवाददाता

सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ। सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो।

मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ। चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस