सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ८७८ ’एक्टिभ केस’, ५१ जना मात्रै अस्पतालको आइसोलेसनमा

२०७७ असोज ५, ०९:३७ खबर संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या आठ सय ७८ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले आईतबार सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या आठ सय ७८ पुगेको छ।

निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा चार सय ५१ जना संक्रिय संक्रमित अर्थात एक्टिभ केस रहेका छन्। डोटीमा एक सय १९, अछाममा ७६, बझाङमा ७३ र कञ्चनपुरमा ४० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।

यस्तै बैतडीमा ६८, डडेल्धुरामा १२, बाजुरामा ९ र दार्चुलामा ३० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ। संक्रिय संक्रमित मध्ये ५१ जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा १७, टीकापुर अस्पतालमा ६, महाकाली अस्पतालमा १३, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी दुई र डडेल्धुरा अस्पतालमा तीन जना संक्रिय संक्रमितको उपचार भईरहेको निर्देशनालयले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका पाँच हजार सात सय ४६ जनाले कोरोना जितेका छन्। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार ६ सय ७९ जना, डोटीका नौ सय २८ जना, अछामका नौ सय १२ जना, कञ्चनपुरका सात सय ९ जना संक्रमण मुक्त भएका छन्।

यस्तै बैतडीका तीन सय २६, बझाङका तीन सय ८८, बाजुराका चार सय ४२, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४६ जनाले कोरोना जितेको दावी गरिएको छ। प्रदेशभर अहिले सम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ। 

कमेन्ट लोड गर्नुस