सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा संविधान दिवसको अवसरमा जेसिज सप्ताह सुरु

२०७७ असोज ३, ०५:४५ खबर संवाददाता

अछाम: अछाम जेसिजले एक हप्ताभरी विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरेर संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ। जसअनुसार पहिलो दिन जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ। 

दिवसकाे अवसरमा जिल्ला अस्पतालका १६ जना बिरामीलाई फलफूल वितरण गरिएको छ।  अछाम जेसीज वर्ष २०२० का अध्यक्ष तुलाराम बिसीको अध्यक्षतामा अस्पताल परिसरमा गरिएको शुभारम्भ कार्यक्रमको प्रमुख अतिथी मंगलसैन नगरपालिका प्रमुख सरिता उपाध्याय रहेकी थिइन। 

जेसिजको सप्ताहिक कार्यक्रम अन्तरगत सरसफाई कार्यक्रम, रक्तदान, रक्तदातालाई सम्मान लगायतकम विभिन्न रचनात्मक कार्य गर्ने अध्यक्ष बिसीले बताए। 

कमेन्ट लोड गर्नुस