सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको अपिहिमालमा विद्यालय सञ्चालनको तयारी

२०७७ असोज ३, ०३:२२ खबर संवाददाता

दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिकाले असोज ५ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको छ। गाउँपालिकामा हालसम्म कोरोना संक्रमित फेला नपरेको हुँदा विद्यालय सञ्चालनको तयारी भएको गाउँपालिकाले जनाएको छ।

लकडाउनका कारण गत चैत पहिलो सातादेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई खोल्न आवश्यक तयारी थालिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ। नयाँ शैक्षिक सत्र सुरु भएको पाँच महिना बित्दा विद्यार्थीको पठनपाठन ठप्प भएकोले स्वास्थ्य सतर्कता अपनाउदै विद्यालय सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। 

अपिहिमाल गाउँपालिकामा चारवटा मावि र १९ वटा आधारभूत गरी २३ वटा विद्यालयमा एक हजार ९ सय ८१ जना विद्यार्थी अध्ययनरत छन्। 

कमेन्ट लोड गर्नुस