सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पर्यटन प्रर्वद्धन केन्द्र स्थापना हुने

२०७७ असोज १, ०६:१३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धन केन्द्र स्थापना गरिने भएको छ। नेपाल पर्यटन बोडले धनगढीमा केन्द्र स्थापना गर्ने निर्णय गरेको हो। प्रदेश सरकारसँग केन्द्र स्थापनाका लागि ठाउँ माग्ने बोर्डका कार्यकारी निर्देशक डाक्टर धननजय रेग्मीले बताए। 

उनले सुदूरपश्चिमको पर्यटन विकासका लागि केन्द्र आवश्यक रहेको समेत बताएका छन्। नेपाल पर्यटन बोर्डले दुई जना विज्ञ कर्मचारी प्रदेशमा पठाउने छ। उनीहरुले प्रदेशको पर्यटन विकासका लागि योजना निर्माण गर्नेछन्। प्रदेश सरकारसँगको सहकार्यमा पर्यटन विकासका योजनाहरु प्रदेशमा नै निर्माण गर्ने रेग्मीले बताए। 

सुदूरपश्चिम प्राकृतिक र धार्मिक रुपमा सम्पन्न रहेकाले सोहि आधारमा पर्यटन विकासका योजनाहरु निर्माण गर्ने उनले बताएका छन्। उनले भारतीय पर्यटकहरुलाई प्रदेशमा ल्याउने योजनाहरु केन्द्रले निर्माण गर्ने बताएका छन्। 

बिहिबार कार्यकारी निर्देशक रेग्मीले धनगढीमा पर्यटन व्यवसायीसँग अन्तरक्रिया समेत गरेका छन्। उनले प्रदेशमा पर्यटन विकासका लागि बोर्डले गर्नुपर्ने कामको बारेमा व्यवसायीबाट सुझाव लिएका हुन।  
 

कमेन्ट लोड गर्नुस