हिरासतमा भएको मृत्युका घटनाको संसदीय उपसमितिले स्थलगत अध्ययन गर्ने
२०७७ असोज १, ०५:१४
काठमाडौं: केही महिनायता कैलाली, धनुषा र रौतहटमा हिरासतमा रहेका बेला ३ जनाको मृत्यु भएको छ। उक्त मृत्युको घटनालाई लिएर मृत्यु हुनेका आफन्तजनले विरोध प्रदर्शन गरेका छन्।
ती घटनाको अध्ययन गर्न प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गरेको छ।
बिहीबार बसेको बैठकले हिरासतमा भएका मृत्युबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्न ५ सदस्यीय उपसमिति गठन गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए।
उपसमितिका सदस्य भने केही दिनमा चयन गरिने बताइएको छ।
कमेन्ट लोड गर्नुस