सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन गजल

२०७७ असोज १, ०४:३०

साथी बनेकी हु एउटै मन्जिल भएर 
एक्लै पैदल यात्रा गर्न मुस्किल भएर
जिउन नसकेर आत्मा हत्या गरेकै हैन
गरिएको हो जिन्दगीनै अश्लील भएर
प्यारमा म धेरै पटक असफल भइरहे
सोधिने प्रेमिका प्रश्नहरू जटिल भएर
आजभोलि डराएर हिड्नुपर्छ घरमै
आफ्ना भन्ने हरु स्वयं कातिल भएर
पिउने हरु बढ्दै गए चोक चोकमा
लाग्छ बाहानामा यस्तै महफिल भएर 

यस्ता पनि छन प्रेमि महानुभाव सुन्दछु 
अनुहारमा फ्याकेर जान्छन तेजाब सुन्दछु
पैतालामा बिझेको काडाले मुटु झस्काउछ
प्रेमिकै मायालु आवाजमा जब दबाब सुन्दछु
धर्ती आकाश बन्छ आकाश धर्ती विश्वास गर
जब हरेक सन्तानमा आमाको अभाव सुन्दछु
रङ रङको फरिया चोलि त सपनामै भयो
स्वयं सिन्दुर दिने लोग्ने जब खराब सुन्दछु
क्या जमाना आयो यार अब त दुनियाँ पनि
ओखतीको बदलामा खुवाइन्छ सराब सुन्दछु
 

यो बिल्कुलै आफ्ना हरुको प्रहार हो
त्यसैले चित्त दुखाउनु पनि प्यार हो
एक रुपिया नदेख्नेले सय भेटेको छ
मान्नुस उसका लागि त्यही हजार हो
तिमी मै गल्ती गर्छु तिमीमै सुधार्छु
तिमी नै ऐना हौ तिमीनै श्रिङ्गार हो
म दिल भित्र जुन बोकेर हिड्न थालेकी छु
ए जिन्दगी त जति सक्छस अन्धकार हो
आगोमा राखेर मैन जोगाउनु पिरति रहेछ
हजुर नमान्नुहोस त्यो हजुरकै बिचार हो

आयुस्मा देवकोटा आशा 
         सिन्धुली

कमेन्ट लोड गर्नुस