सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थप खुकुलो बनाउँदै निषेधाज्ञा लम्ब्याइयो (सिडिओको आदेशसहित)

२०७७ भदौ ३१, ०८:३३ खबर संवाददाता

धनगढी– कैलालीमा पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिने भएपछि १ गतेदेखि लागु हुने गरी फेरी निषेधाज्ञा लम्ब्याइएको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञा लम्ब्याएका हुन्। स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग २०२० बमोजिक थप खुकुलो पार्दै निषेधाज्ञालाई लम्ब्याईएको हो।

सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने भएको छ। व्यापार व्यवसाय भने यथावत रुपमा सञ्चालन हुने छ भने शैक्षिक संस्था र खेलकुदका गतिविधि बन्द रहनेछन्।

होटल रेष्टुरेन्ट भीडभाड नहुने गरी सञ्चालन गर्न पाईनेछ। राति १० बजेदेखि विहान ५ बजेसम्म भने अत्यावश्यक कामबाहेक हिडडुल गर्न रोक लगाइएको छ। 

 

 

कमेन्ट लोड गर्नुस