सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका विपन्न परिवारलाई खाद्यान्न सहयोग

२०७७ भदौ ३१, ०२:३५ खबर संवाददाता

बाजुरा: बाजुराका विपन्न परिवारलाई राहत वितरण गरिएको छ। लकडाउनको बेला खाद्य संकटको मार खेपिरहेका ९ परिवारलाई खाद्यान्न सहयोग गरिएको हो।

समाजसेवी तथा नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका अध्यक्ष सम्राट सिं बस्नेत र एन्ड्रिया ड्रेवरकोे आर्थिक सहयोगमा राहत वितरण गरिएको हो। उनीहरुले करिब डेढ महिनासम्म पुग्ने चामल, दाल, साबुन, तेल, नुन गरी प्रति परिवार ५ हजार भन्दा बढी मुल्य बराबरको खाद्यन्न सहयोग गरेका छन्। 

बुढीनन्दा नगरपालिका १ का दुव मृगौला फेल भएका बिरे सार्की, सोही वडाका धनबहादुर रावत, वडा नम्बर ५ बुची दमाईका परिवारलाई सहयोग गरिएको छ। त्यस्तै बडीमालिका ४ की पारु थापा, बुढीनन्दा नगरपालिका २ बस्ने रजी तिरुवा, ठुमुरा दमाई र पंख दमाइलाई खाद्यान्न सहयोग गरिएको छ। 

यस्तै बाजुराको बुढीनन्दा मेला गएका बेला दुई वर्ष पहिले बेपत्ता भएर मृत अवस्थामा फेला परेका पत्रकार तेजु खडकाका परिवारलाई समेत सहयोग गरिएको छ। तेजुकी श्रीमती तारा खड्कालाई सहयोग गरिएको पत्रकार लक्ष्मिराज पाध्यायले बताए। त्यस्तै बडीमालिका ७ बस्ने बादुरे दमाईको परिवारलाई पनि सहयोग गरिएको छ। बादुरे दमाईको परिवारलाई यो भन्दा पहिला सहयोग गरिएको थियो।

संकटको बेला थोरै भएपनि राहत मिलोस भन्ने उद्देश्यले आफुले सहयोग गरेको समाजसेवी सम्राट सिं बस्नेतले बताए। संकटमा परेकालाई थप सहयोग गर्दै जाने उनले बताएका छन्। यसअघि बस्नेतले खाद्य संकट भोगेका १६ भन्दा बढी परिवारलाइ खाद्यान्न सहयोग गरेका थिए। 

संकटको बेला खाद्यान्न सहयोगले आफुहरुलाई ठुलो सहयोग भएको बुढीनन्दा नगरपालिका –१ का धनबहादुर रावतले बताए। यस्तै समाजसेवी बस्नेतले गरेको सहयोगले ठुलो सहयोग भएको पारु थापाले बताइन। 

नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान र सम्राट सिं बस्नेतको पहलमा बाजुराका थुप्रैको काठमाडौमा उपचार भइरहेको छ। केहि सञ्चो भएर घर फर्किसकेका छन् भने बाजुराका मात्र ३ जनाको नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानमार्फत उपचार भइरहेको छ। 

 

कमेन्ट लोड गर्नुस