धनगढीका अर्का रिक्सा चालकलाई देखियो कोरोना
धनगढी: धनगढीका एक अर्का अटोरिक्सा चालकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २९ वर्षीय उनीमा कोरोना पुष्टि भएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ घर भइ हाल वडा नम्बर ८ मा बस्दै आएका उनी भन्सार रोडदेखि धनगढीका विभिन्न रुटमा रिक्सा चलाउने गरेको बताइएको छ।
यसअघि गत बिहिबार धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका रिक्सा चालकलाई कोरोना संक्रमण भेटिएको थियो।