लागूऔषध मुद्दाका फरार प्रतिवादी कैलालीबाट पक्राउ
कैलाली: लागूऔषध मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीको फैसलाअनुसार लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–१३, कैलालीगाउँ निवासी २६ वर्षीय रुस्तम रानालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनको सिलसिलामा रानालाई उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका रानामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।