सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा यसरी मनाइनेछ संविधान दिवस

२०७७ भदौ ३०, ०६:२६ खबर संवाददाता

धनगढी: कैलाली प्रशासनले संविधान दिवस मनाउन कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संविधान मुल समारोह समितिको बैठकको निर्णय अनुसारनै जिल्लामा दिवस मनाइने प्रशासनले जनाएको छ। 

कार्यालयले जिल्लाका सम्पूर्ण सरकारी निकाय/प्रतिष्ठान, संघसंस्था, कार्यालय, स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा दिवस मनाउन अनुरोध गरेको छ। जसअनुसार अरोज २, ३ र ४ गते सबै कार्यालयलाई राष्ट्रिय झण्डा फरफराउन र सर्वसाधारणलाई साझ दिप प्रज्वलन गर्न भनीएको छ। 

यस्तै संचारमाध्यमले उक्त समयमा संविधान सम्बन्धी सन्देश तथा कार्यक्रम प्रसारण÷प्रकाशन गर्न भनिएको छ। र, शहिदहरुलाई सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न धार्मीक स्थलमा पूजापाठ तथा प्राथना गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस