सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रशासनले नागरिकता सम्बन्धी सेवा स्थानीय तहअनुसार फरक दिन दिने

२०७७ भदौ ३०, ०५:५४ खबर संवाददाता

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता सम्बन्धिका सेवा स्थानीय तह अनुसार दिने भएको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असोज १ गतेदेखि स्थानीय तहलाई फरक फरक बार अनुसार सेवा दिने जनाएको छ।

कार्यालयले गोदावरी नगरपालिकाका सेवाग्राहीलाई आईतबार र बुधबार, कैलारी गाउँपालिकाका सेवाग्राहीलाई सोमबार र बीहिबार, धनगढी उपमहानगरपालिकाका सेवाग्राहीलाई मंगलबार र शुक्रबार र चुरे गाउँपालिकाका सेवाग्राहीलाई सोमबार र बुधबार सेवा दिने व्यवस्था मिलाएको छ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा सतर्कता र सामाजिक भौतिक दुरी कायम गर्दै अर्को व्यवस्था नभए सम्मका लागि स्थानीय तह अनुसार सेवा दिईने जारी सूचनामा उल्लेख छ।

कार्यालयले नाबालक परिचय पत्र वितरण सेवा भने नियमित रुपमा प्रवाह गरिने जनाएको छ। 

यस्तै अन्य स्थानीय तहलाई भने इलाका प्रशासन कार्यालय टीकापुर र सुख्खडले सेवा दिनेछन्। 

कमेन्ट लोड गर्नुस