बुवाको पुण्यतिथिमा मानव सेवा आश्रमलाई सहयोग
२०७७ भदौ ३०, ०४:०६
धनगढीः धनगढीका दिपेश चटौत र ज्योती जोशी चटौतले स्वर्गीय बुवा दिवाकर चाटौतको पुण्यतिथिमा मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बोराडाडीका उनीहरुले आश्रमलाई तीन हजार सात सय बढीको खाद्य सामग्री सहयोग गरेका हुन।
उनीहरुले गरेको सहयोगबाट आश्रममा आश्रीतहरुलाई दैनिक खानाका लागि सहज भएको आश्रमले जनाएको छ।
कमेन्ट लोड गर्नुस