धनगढीका थप चार जनामा कोरोना पुष्टि
धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका थप चार जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका थप चार जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर ५ का दुई महिला, वडा नम्बर ६ का एक महिला र वडा नम्बर ८ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए।
चार जना थपिएसँगै धनगढीमा संक्रमितको संख्या चार सय ४० पुगेको छ।
धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या भने दुई सय ५२ छ।
संक्रमण पुष्टि भएका दुई सय ११ जनाले कोरोना जितिसकेका छन् भने दुई सय २५ जना संंक्रिय संक्रमित रहेका छन्।