सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको वडा कार्यालय सिल

२०७७ भदौ ३०, ०९:११ खबर संवाददाता

धनगढी– धनगढी उप–महानगरपालिकाको वडा कार्यालय सिल गरिएको छ। वडा नम्वर १४ को कार्यालयमा कार्यारत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो।

सोमबार कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएसँगै असोज ३ गतेसम्मका लागि कार्यालय सिल गरिएको वडा अध्यक्ष रामबजारी चौधरीले जानकारी दिए।

उनले ३ गतेसम्म कार्यालयबाट कुनै पनि सेवा प्रवाह नहुने जानकारी दिए। उनका अनुसार शुक्रबार पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमुना संकलन गरिएकोमा ती कर्मचारीमा सोमवार संक्रमण पुष्टि भएको हो। 
 

कमेन्ट लोड गर्नुस