सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिडियोमा जम्दै संचारकर्मी अनुपबिक्रम

२०७७ भदौ २९, ०६:५६ खबर संवाददाता

डडेल्धुरा: सञ्चारकर्मी तथा गीतकार नरेन्द्र मल्लको डेउडा डिजे ‘ठिटो म त सुदूरपश्चिमको’ गित सार्वजनिक भएको छ।

भिडियोमा संचारकर्मी अनुप विक्रम मल्ल र माया ऐरले अभिनय गरेका छन्। अनुप बिक्रमले यो भन्दा अगाडि पनि ‘बासैको चोयाले’लगायतका गितहरूमा पनि अभिनय गरिसकेका छन्।

उनको गीत रामसार यूट्यबु च्यानलमार्फत सार्वजनिक गरिएको हो। मल्लको शब्द रहेको यो गितमा गायिका शर्मिला लामाले आवाज दिएकी छन।

संचारकर्मी अनुपबिक्रम पछिल्लो समय भिडियोमा जम्दै गएका छन्। भिडियो डडेल्धुरामा  सुटिङ भएको थियो। गायन क्षेत्रमा रूचि राख्ने गीतकार मल्ल आगामी दिनमा पनि स्रोतादर्शकको चाहना अनुसार गीत ल्याउने योजनामा रहेको बताउँछन्।
 

कमेन्ट लोड गर्नुस