सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा १० वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका दोषी

२०७७ भदौ २९, ०४:२५ खबर संवाददाता

धनगढीः अछाम प्रहरीले १० वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरारलाई पक्राउ गरेको छ। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर १० का चक्र थापाको हत्यामा जिल्ला अदालतबाट दोषी ठहर भएका गमान सिंह थापालाई प्रहरीले आईतबार पक्राउ गरेको हो।

उनलाई कैद भुक्तानीका लागि कारागार पठाइएको छ। अन्य ४ जना भने २०६७ असोज ५ गते नै पक्राउ परेका थिए।

कमेन्ट लोड गर्नुस