सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुलमानलाई पुनःप्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन माग गर्दै डडेल्धुरामा राँके जुलुस

२०७७ भदौ २८, ०९:५० खबर संवाददाता

धनगढीः कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःल्याउन माग गर्दै डडेल्धुरामा राँके जुलुस निकालिएको छ।

नेपाल विद्यार्थी संघ, डडेल्धुराले उज्यालो नेपाल बनाउन घिसिङ सफल भएकाले पुनःनियुक्तको सरकारलाई दबाब दिने उद्देश्यले जिल्ला सदरमुकाममा आइतबार साँझ राँके जुलुस निकालिएको हो। 

राँके जुलुस निकालेको केही समयमा नै प्रहरीले रोकेको थियो। प्रर्दशनपछि भीमदत्त चोकमा कोणसभा समेत गरिएको थियो। कोणसभामा बोल्दै नेविसंघका नेता जगत ऐरले कुलमान घिसिङ पुनः नियुक्त नभए नेविसंघ डडेल्धुरा थप आन्दोलित हुने बताए।

कमेन्ट लोड गर्नुस