सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा सदरमुकामको बगरबाटा टोल सिल

२०७७ भदौ २८, ०६:४९ खबर संवाददाता

धनगढीः कोरोना भाइरसका संक्रमित भेटिएपछि डडेल्धुरा सदरमुकामस्थित बगरबाटा टोल सिल गरिएको छ। आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा जिल्लाको अमरगढी नगरपालिका –५ घर भएका एक ६८ वर्षीय वृद्धमा कोरोना भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

व्यापारी समेत रहेका उनीमा कोरोना संक्रमण भेटिएपछि अमरगढी नगरपालिका वडा नम्बर ५ को कार्यालयले उक्त टोल सिल गरिएको सूचनामार्फत जानकारी दिएको छ। सूचना अनुसार बागबजारस्थित खमेराज पनेरुको घरदेखि लोकेन्द्र गुरुङको घरसम्मको बजार क्षेत्रलाई सिल गरिएको हो। 

उक्त क्षेत्रभित्रका सबै पसल तथा वित्तिय संस्था बन्द गर्न वडाले आग्रह गरेको छ। 

कमेन्ट लोड गर्नुस