सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा सदरमुकामका एक व्यापारीलाई कोरोना संक्रमण

२०७७ भदौ २८, ०३:०८ खबर संवाददाता

धनगढी: डडेल्धुरा सदरमुकाममा व्यवसाय गर्दै आइरहेको एक व्यापारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा जिल्लाको अमरगढी नगरपालिका –५ घर भएका एक ६८ वर्षीय वृद्धमा कोरोना भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

उनले आफै रकम तिरेर शनिबार स्वाब दिएका थिए। कोरोना पोजटिभ देखिएपछि संक्रमितलाई डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले बताए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको विष्टले बताए।

कमेन्ट लोड गर्नुस